इटहरी/ इटहरीका गाँउ गाँउमा लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानलाई बिकेन्द्रित गरिएको छ। अभियानका क्रममा इटहरीका सवै २०वटै वडामा बिभिन्न कार्यक्रम भईरहेका छन्।

इटहरीका सबै वडामा गठित किशोरी साथीसमूह, प्रतिरक्षा समूह र महिला सञ्जालसँग वडा वडामा अन्तरक्रिया जारी रहेको इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले बताउनुभयो। इटहरीका वडाहरुमा ६३ वटा किशोरी साथी समूह २० वटा प्रतिरक्षा समूह सकृय छन्। यहिक्रममा शुक्रबार वडा नम्वर १९ र २० मा अन्तरकृया सम्पन्न भयो। 333 1

वडामा लैगिंक हिंसाको अवस्था,चुनौती, साथी समूह र प्रतिरक्षा समूह गठन भएपछि गरिएका कार्य, समस्या लगायतका बिषयमा अन्तरक्रिया भएको छ। २० वटै वडामा अन्तरक्रिया गरेर त्यसैका आधारमा वार्षिक कार्ययोजना बनाइने उपप्रमुख गौतमले बताउनुभयो।

खुल्ला ठाँउमा दुरी कायम गरेर स्वास्थ्य सुरक्षाका सवै उपाय अवलम्वन गरेर कार्यक्रम गरिदै छ। १२ देखि २३ गते सम्म अन्तरक्रिया कार्यक्रम गरिने छ। अपांङ्गता भएकाहरु, बालवालिका र जेष्ठ नागरिकका लागि छुटटाछुटटै कार्यक्रमहरु तय गरिएको छ।

लैङ्गिक हिंसा विरुद्धको १६दिने अभियानका क्रममा टोल टोलमा पुग्ने गरि ४० वढि कार्यक्रम गरिने छन्। उपप्रमुख गौतमले भन्नुभयो “कोरोना छ भनेर चुप लागेर बस्नुहुदैन, धेरै जना भेला भएर ठूलो कार्यक्रम गर्न भएन, स–सना कार्यक्रम बनाएका छौ वडा वडा टोल टोलमा गएर सानो सानो समूहमा कार्यक्रम गरेर अभियानलाई बिगत वर्ष भन्दा अझ ब्यापक बनाउदै छौँ”। 222

अभियानका क्रममा न्यायिक समति संयोजक उपमेयर गौतम, न्यायिक समिति सदस्यहरु, महिला सदस्यहरु, महिला संजाल सहित सवै वडाका टोल टोलमा पुगेर अन्तरक्रिया शुरु गरिएको हो। अभियानका क्रममा न्यायिक समितिले गर्ने कार्यहरु उल्लेख गरेर १५ हजार ब्रोसर बितरण गरिदै छ। ब्रोसरबाट हिंसामा परेपछि के गर्ने ? कहाँ जाने भन्ने प्रष्ट जानकारी हुने उपमेयर गौतमले बताउनुभयो।