मोरङ्ग/ दाजुभाईको घरायसी बिवादमा भाईको घरमा बाँधेको गाईलाई हतौडा प्रहार गरी हत्या गर्ने भुपेन्द्र राई पक्राउ परेका छन्। प्रहरीले सुनबर्षी २ का राईलाई रंगेली प्रहरीले शुक्रबार पक्राउ गरेको हो।
हिजो शुक्रबार दिउसो मोरङको सुनवर्षी नगरपालिका वडा नम्बर २ सुघाटोल बस्ने ३०बर्षीय गजेन्द्र राई र उनका जुम्ल्याहा दाजु भुपेन्द्र राई बीच घरायसी बिषयमा बादबिबाद हुँदा भुपेन्द्रले गजेन्द्रको घरमा पालेको १८ महिनाको गाईलाई रिसको आवेगमा हतौडाले हानेका थिए।
हतौडा प्रहारबाट गाईको घटनास्थलमा नै मृत्यु भएको र सो खवर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय रंगेलीबाट प्रहरी टोली खटिई भुपेन्द्रलाई हतौडासहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको मोरङ्ग प्रहरीले जनाएको छ।