सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका ५ का सुरेश बस्नेतको मृगौला फेर्नुपर्ने भएकोले परिवारले सहयोग गर्न सबैसँग आग्रह गरेको छ। बस्नेतको दुवै मृगौला काम नलाग्ने भएका कारण मृगौला फेर्नुपर्ने अवस्था आएको हो।

मृगौलामा संक्रमण भएर लामो समयदेखि डायलासिस गराउदै आउनुभएका बस्नेतलाई डाक्टरले मृगौला प्रत्यारोपण गर्नुपर्ने सल्लाह दिएका छन्। डाक्टरले मृगौला प्रत्यारोपणको सल्लाह दिएपनि आर्थिक अभाव कारण समस्या भएको र उपचारमा सहयोग गर्न सबैसँग याचना गरिएको पिडितको परिवारले जनाएको छ।

मृगौलाको प्रत्यारोपणका लागि करिव २०लाख रुपैँया आवश्यक पर्ने हुँदा आँफुहरुसँग त्यत्रो रकम नभएकोले यथासक्य सहयोग गरेर आफ्नो ज्यान बचाईदिन पिडितले आग्रह गर्नुभएको छ। qqqq

उहाँले आँफुसँग भएको जायजेथो पनि हालसम्म उपचारमा खर्च भईसकेको भन्दै बाँचेर केहि गर्ने दृढता रहेको सुनाउनुभयो। उहाँले आफ्ना लागि भन्दा पनि समाजका लागि केहि गर्ने इच्छा रहेकोले बाच्न चाहेको बताउनुभयो।

सहयोग गर्न चाहनेहरुले सुरेश राज बस्नेतको नाममा रहेको सनराईज बैँक इनरुवा शाखाको खाता नम्बर १३४०७८१६५१२०५०००१मा सहयोग रकम प्रदान गर्न सक्नुहुनेछ। अथवा पूर्वी खबरको कार्यालय इटहरी ६ सुनसरीमा सम्पर्क गर्न सक्नुहुनेछ वा मोवाईल नम्बर ९८५२०४९३५१ मा फोन गर्न सक्नुहुनेछ।