सुनसरी/ सुनसरीको इटहरीस्थित अस्थायी प्रहरी चौकी तालतलैयाको नव निर्मित कार्यालय भवनको उद्घाटन गरिएको छ। कार्यालयको प्रदेश एकका आन्तरीक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गर्नुभएको हो।

एक बिशेष समारोहका बीच नवनिर्मित अस्थायी प्रहरी चौकीको कार्यालय भवनको मन्त्री कार्कीले बिधिवत समुद्घाटन गर्नुभएको हो।

अढाई तले सुबिधा सम्पन्न सो भवन संसद बिकास कोष, स्थानीय सरकार, सरस्वती सामुदायीक वन, तालतलैया बिकास कोष र स्थानीय जन सहयोग गरी ७० लाखको लागतमा निर्माण सम्पन्न भएको हो।

कार्यक्रममा प्रदेश सांसद सर्वध्वज साँवा, १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्की, सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेल, ईटहरी उप–महानगरपालिका प्रमुख तथा सुनसरीका प्रहरी प्रमुख लगायत स्थानीयवासीको उपस्थिति थियो।