इटहरी/ नेपालमा हिजो आज हरेक दिनजसो हामी बलत्कारका घटना भएको सुनिरहेका/ पढिरहेका हुन्छौँ। बलत्कारीहरुलाई प्रहरीले पक्राउ गरेको समाचार पनि पढिरहेका हुन्छौँ।

बलत्कारीलाई कस्तो सजायको ब्यवस्था छ भन्ने तपाँईलाई थाहा नहुन सक्छ। आज पूर्वी खबरले बलत्कारीलाई कस्तो सजाय हुन्छ भन्ने बिषयमा यहाँलाई जानकारी दिने जमर्को गरेको छ।

मुलुकी अपराध संहिता २०७४ मा १० बर्ष सम्मका बालिका वा पूर्ण अशक्त, अपांगता भएका वा ७० बर्ष भन्दा माथीका महिला बलात्कृत भएर दोषीलाई जन्मकैद हुने ब्यवस्था छ।

यस्तै १०बर्ष देखि १४ बर्षसम्मका बालिका बलत्कारमा संलग्नलाई १८ बर्षदेखि २० बर्षसम्म कैद हुने ब्यवस्था छ। यस्तै १४ देखि १६ बर्षकी किशोरी बलत्कार भएमा १२ देखि १४ बर्ष सम्म कैद हुने ब्यवस्था छ। १६ बर्षदेखि १८ बर्ष सम्मकी किशोरी बलात्कृत भए १० बर्षदेखि १२ बर्षसम्म कैद हुने ब्यवस्था छ। यसैगरी १८ बर्षदेखि माथी ७० बर्षसम्मका महिला भए ७ देखि १०बर्ष सम्म कैद हुने ब्यवस्था छ।

यस्तै १८बर्ष भन्दा मुनिका किशोरीको सहमतिमै यौन सम्बन्ध स्थापित भएमा त्यो पनि बलत्कार ठहरीने मुलुकी अपराध संहिता २०७४ मा उल्लेख छ। त्यस्तै बलात्कार पछि हत्या भए कर्तब्य ज्यान अन्तरगत एवं जबजस्ति करणी सम्बन्धि कसुर अन्तरगत कारबाही हुने कानुन छ।

यसैगरी बलात्कारमा संलग्न ब्यक्ति १८ बर्ष भन्दा कमको भए बालसुधार गृहमा राखिने र नाबालिग (१८बर्ष पुगेपछि) कारागार चलान गरिने ब्यवस्था छ।