इटहरी/  इलाका प्रहरी कार्यालय इटहरीमा प्रहरी नायव उपरिक्षक अर्जुन केसीले नेतृत्व सम्हालेदेखि आजका मिति सम्म बिभिन्न कसुरमा ६७ जना मानिस कानुनी दायरामा आएका छन्। त्यसमा लागुऔषधका कारोबारीदेखि इमोबाट ठगि गर्ने सम्मका छन्।

केसीले २०७७ भदौ २५ गते कमाण्ड सम्हाले यता लागुऔषध मुद्दामा ३जना, चोरी मुद्दामा २जना महिलासहित २२ जना, भन्सार छलिमा ३ जना, अबैध रक्सीसहित एकजना, बालुवा तस्करीमा संलग्न ३ जना, पटकाको कारोबारमा संलग्न एकजना महिलासहित ९ जना, जुवा मुद्दामा २५ जना, इमो ठगिमा एकजना पक्राउ परेका छन्।

यसक्रममा लागुऔषध मुद्दामा इटहरी ५ का २३ बर्षीय सुजन कार्की ढोली, हरिनगर गाउँपालिका ६का २९ बर्षीय जीवराईल अञ्सारी, इटहरी ५ जनता बस्तीका २३ बर्षीय प्रबिण राई पक्राउ परेका छन्।

यस्तै नौ लाख २७ हजार ६सय रुपैँया बराबरका भन्सार छलेका सामानसहित तीनजना पक्राउ परेका थिए। यस्तै बिभिन्न मितिमा बेवारिसे अवस्थामा भेटिएको रक्सीसहितको ३५ हजार ५सय रुपैँया बराबरको ८ सय ८१ लिटर रक्सीसहित एकजना ब्यक्ती पक्राउ परेका थिए।

त्यस्तै हुवाई कम्पनीको र जियोनी कम्पनीको मोवाईल चोरीमा संलग्न सुन्दरहरैँचा ६का २८बर्षीय दिपक बिश्वकर्मा पक्राउ परेका छन्। यसैगरी को ३५ प ८८८७ नम्बरको मोटरसाईकल चोरीमा संलग्न इटहरी ६का २२बर्षीय आशिक चौधरी पनि कानुनी दायरामा आए।

त्यसैगरी इटहरी चोकमा रहेको बर्गर हाउसमा चोर्ने २जना महिलासहित ८जना पक्राउ परे। जसमा १८ बर्ष मुनीका ६जनासहित इनरुवा ३ की ३० बर्षीया आशा परियार अनि बिराटनगर १ की २५ बर्षीया निलम परियार पनि पक्राउ परे।

यस्तै बिभिन्न कम्पनीका १६थान ब्याट्रीहरु चोर्ने र चोररीको ब्याट्री किन्ने इटहरी ५का २० बर्षीय राज भन्ने लोक बहादुर बिश्वकर्मा, इटहरी ७का २७बर्षीय श्यामलाल धामी र भारतको बंगाल बस्ने ४०बर्षीय कुतुबुदिन मिया पक्राउ परे।

त्यस्तै इटहरीस्थित एक हार्डवेयरबाट नगद ७४ हजार चोर्ने इटहरी ४ का २१ बर्षीय सुरज महली चोरीको नगद ४२ हजार ७ सयसहित पक्राउ परे। यस्तै इटहरी ६ स्थित रिजाल भिजन नजिकैबाट को २४ प ७५९६ नम्बरको मोटरसाईकल चोर्दै गर्दा सुनसरीको हरीनगर गाउँपालिका ३का मनोज मेहता र सुरज मेहता पक्राउ परे।

त्यस्तै प्रहरीले को १८ प ८५३६ र को ७ प ९६२५ नम्बरको मोटरसाईकलसहित इटहरी ४ का २१ बर्षीय बिकाश भुजेल र सोहि ठाउँका १९ बर्षीय बिबेक अधिकारीलाई पक्राउ गरेको थियो।

यस्तै इटहरी उपमहानगरपालिकाका कर्मचारी पुष्प चौधरीको बा ९ च ३४०३ नम्बरको कार एवं तीनवटा मोवायल र एउटा ल्यापटप चोर्ने इटहरी १३ खनार बस्ने २० बर्षीय प्रदिप चौधरी अनि चोरी गर्नेलाई संरक्षण गर्ने १९बर्षीय अबिनाश सरदार र इटहरी १३ खनारस्थित मिया टोलका सद्दाम हुसेनको घरबाट प्रदिप चौधरीले चोरेको मोवाईल किन्ने इटहरी १३ खनारका १९बर्षीय नरेश सरदार र २०बर्षीय सञ्जय सरदार पनि पक्राउ परेका छन्।

यसैगरी बालुवा तस्करीमा संलग्न तीनजना ब्यक्ती ७ वटा ढुङ्गासहितको ट्याक्टर सहित पक्राउ परेका थिए। उनिहरु नगद ३५हजार जरिवाना तिरेर रिहा भए।

त्यसैगरी बिभिन्न मितिमा बिभिन्न किसिमका पटाकासहित सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरका २७बर्षीय समिर मिया, सोहि ठाउँका १९बर्षीय आलम मिया, इटहरी ११ का २५ बर्षीय प्यारचन्द्र चौधरी, इटहरी १७ का २३ बर्षीय गणेश चौधरी र इटहरी ८ का २०बर्षीय ताहिर मिया, इटहरी १२ की ३२ बर्षीया शान्ताकुमारी चौधरी, सुनसरीको हरिनगर गाउँपालिका २ का २० बर्षीय दिनेश राम, सुनसरीको इनरुवा नगरपालिका ९ का २२ बर्षीय सद्धाम अञ्सारी र पटका ओसारपसारमा संलग्न अटो चालक इटहरी १३ खनारका ३० बर्षीय रञ्जित सरदार पक्राउ परे।

यस्तै बिभिन्न मितिमा जुवा खेलिरहेका २५ जना ४ लाख ७१ हजार ३ सय ८० रुपैँयासहित पक्राउ परे। उनिहरुबाट केहि थान चेकपनि प्रहरीले बरामद गरेको थियो।

त्यस्तै इमोमा २०२०को ईमो लोट्री बिजेता भएर भारतीय रकम पच्चीस लाख जित्नुभयो भनेर ठग्ने सिराहाको सिराहा नगरपालिका १२ का २४ बर्षीय अरिबन्द्र कुमार कामती पनि पक्राउ परे।

यसैगरी बैंकिङ कसूर मुद्दामा २०लाख जरिवाना र १५ दिन जेल सजाय तोकिएका इटहरी ८का ४२ बर्षीय सरोज बुढाथोकी असोज २४ गते पक्राउ परे। त्यसैगरी सामुहिक बलत्कारमा संलग्न १०बर्ष जेल सजाय तोकिएका इटहरी ५का ३६बर्षीय सुमन चौधरी कात्तिक १६गते पक्राउ परे।

यस्तै लागुऔषध मुद्दामा २ महिना कैद र २ हजार रुपैँया जरिवाना तोकिएका इटहरी २० का ३५ बर्षीय सुरेन्द्र लिम्बु मंसिर २ गते पक्राउ परे। त्यस्तै बैंकिङ कसूर मुद्दामा ५ दिन कैद र १६ हजार ५ सय जरिवाना तोकिएका इटहरी २का ३२ बर्षीय संजय कुमार साह मंसिर ३ गते पक्राउ परे। यसैगरी लागुऔषध मुद्दामा १ लाख जरिवाना तोकिएका इटहरी १९ का ३५ बर्षीय निर्मल लिम्बु मंसिर ४ गते र बैदेशिक रोजगार सम्बन्धी कसूरमा १ बर्ष ६ महिना कैद अनि १५ हजार रुपैँया जरिवाना तोकिएका इटहरी २०का ३३ बर्षीय रुपक थापा मंसिर ३ गते पक्राउ परेका छन्।