मोरङ/ मोरङको रतुवामाई नगरपालिका ८ बाट जुवातास खेलिरहेका १६जना जुवाडे पक्राउ परेका छन्। शुक्रवार राती साढे ११ बजे जुवाडे पक्राउ परेका हुन्।

प्रहरीले रतुवामाई नगरपालिका ७ का ४७ बर्षीय डिल्लीराम चौलागाई, ३५ बर्षीय मोती पौडेल, ४३ बर्षीय रामनाथ मैनाली, ४१ बर्षीय देबी प्रसाद प्रसाई, ३७ बर्षीय रामनाथ नेपाल, ४५ बर्षीय हेमलाल प्रसाई, ४० बर्षीय नारायण चुडाल, रतुवामाई नगरपालिका ८ का ४४ बर्षीय सन्त बहादुर राई, ३५ बर्षीय सागर बर्तौला, ४५ बर्षीय दिपक ढुंगाना, ४५ बर्षीय देबराज घिमिरे, ३८ बर्षीय अशोक भट्टराई, ३९ बर्षीय राजन हस्ता सतार, ४५ बर्षीय गोपी पराजुली, ३६ बर्षीय रबिन पोखरेल र बेलबारी नगरपालिका ७ का २२ बर्षीय गणेश श्रेष्ठलाई पक्राउ गरेको छ। juwa

स्थानीय सागर गडतौलाको घरमा जुवातास खेलिरहेको भन्ने बिषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले नगद १लाख ६९हजार ६सय ९५रुपैँया, १६वटा कौडा, एक बुङ तास, १६वटा मोबायल , १९वटा मोटरसाईकल र दुईवटा कारसहित १६जना जुवाडे पक्राउ परेका हुन्।

पक्राउ परेकाहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।