इटहरी/ सार्वजनिक स्थानमा मानिसहरुलाई दुब्यवहार गर्ने दुईजना यूवालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय इटहरीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले इटहरी ५ बस्ने २२ को समिर बराल र सोहि ठाउँका १९बर्षीय सुजन लिम्बुलाई नियन्त्रणमा लिएको हो। बराल र लिम्बुले भाईटिकाको साँझ इटहरी १ माझी टोलमालाल बहादुर खत्री र मुना दाहाल समेतलाई बासस्थान तर्फ जाँदै गर्दा बिभिन्न किसिमको अश्लिल शब्दहरु प्रयोग गरी गालीगलौज गर्नुको साथै हातपात गरी फरार भएका थिए। उनिहरुलाई प्रहरीले भाईटिकाको भोलिपल्ट इटहरी ५बाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

यस्तै इटहरी प्रहरीले संखुवासभाबाट डाका मुद्दामा फरार रहेका २८ बर्षीय पर्वत तामाङ्गलाई पक्राउ गरेको छ। तामाङ्गलाई इटहरी ६ स्थित गोर्खा डिपार्टमेन्ट स्टोर नजिकैबाट पक्राउ गरेको हो।

daka
डाका मुद्दामा पक्राउ परेका पर्वत तामाङ्ग

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका तामाङ्गलाई थप अनुसन्धानको लागी इलाका प्रहरी कार्यालय चैनपुर पठाएको इटहरी प्रहरीको भनाई छ।