इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले तीनलाख बढि रकमसहित ९ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। बिषेश सुचनाको आधारमा प्रहरीले इटहरी ९ बाट उनिहरुलाई पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलिले इटहरी ९दक्षिणकाली टोलका फुलवावु साहको घरमा जुवाजन्य खेल तास खेल्ने खेलाउने ९ जनालाई नगद तीन लाख १ हजार २ सय ७५ रुपैँया सहित नियन्त्रणमा लिएको हो।

प्रहरीले इटहरी ८ का ३८ बर्षीय राजकुमार साह, ३२ बर्षीय फुलवावु साह, इटहरी ४ का ४० बर्षीय सरोज चौधरी र ४८ बर्षीय बिरेन्द्र साह, इटहरी ६ का २७ बर्षीय राजकुमार साह यस्तै इटहरी ९ का ३८ बर्षीय अशोक गोस्वामी, ४६ बर्षीय सन्तोष राय, ४६बर्षीय दिप नारायण साह र ७७ बर्षीय सैनी साहलाई नेपाली रुपैँया २ लाख ९६ हजार १ सय ६१ र भारतीय रुपैँया ३ हजार १ सय ९० रुपैँयासहित नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको इटहरी प्रहरीले जनाएको छ।