दुहवी/ प्रबल जनसेवाश्रीबाट सम्मानित दुहबीका पूर्व प्रमुख बद्रिप्रसाद रौनियारको निधन भएको छ। रौनियारको कातिक १६ गते धरानस्थित बिपि कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान उपचारका क्रममा निधन भएको हो ।

४ पटक सम्म दुहबीबासीको मन जिते २०२२ साल देखि जनमतसंग्रह हुँदै २०३८ सालसम्म दुहबीको प्रमुख भएर जिल्ला पञ्चायत सुनसरीको पनि नेतृत्व सम्मानित भएका रौनियारको शुक्रबार १२ औँ पुण्य तिथी हो।

लामो समय सम्म दुहबी बासीलाई अनेकौं योगदान पुर्‍याएका नेपाली राजनीतिको एउटा धरोहरको अन्त्य भएको छ। रौनियारले ७७ वर्षको दीर्घजीवनको अधिकांश समय दुहबीबासीको सेवामा समर्पण गर्नुभयो। बि.स. २००१ सालमा दुहबीमा जन्मिनुभएका रौनियार केहि बर्षयता सिर्जनात्मक कार्यबाहेक सार्वजनिक कार्यक्रममा अनुपस्थित हुने गर्नुभएको थियो। उहाँ अनुपस्थित भएपनि दुहबीको बिभिन्न सार्बजनिक कार्यक्रमहरु स्मरण गरिने गरिएको स्थानीय एकजना नेताले बताएका छन्। रौनियारलाई स्मरण गर्दै ति नेताले ‘दुहबीको एक धरोहर अस्ताएको छ। दुहबीबासीकोलागि अहोरात्र खट्ने एक महान् नेतालाई दुहबीबासीले सधैं स्मरण गर्नेछ।’ भनेका छन्।

रौनियारलाई २०६९ सालमा तत्कालीन राष्ट्रपती रामबरण यादवले प्रबल जनसेवाश्री बिभुषणको उपाधिबाट सम्मान गर्नुभएको थियो। २०२९ सालमा राजा बिरेन्द्रले र २०५२ सालमा यूवराज दिपेन्द्र साहले राष्ट्रलाइ योगदान पुर्‍याएको भन्दै कदरपत्रबाट सम्मान गर्नुभएको थियो। आफ्नो जीवनकालमा धेरै सम्मान पत्र, कदरपत्र पदकलगायतबाट सम्मानित हुनुभएका रौनियारले दुहबीको बिकासमा ठुलो योगदान पुर्‍याएको स्थानीयले बताएका छन्। स्वर्गीय रौनियार नेपाली कांग्रेस सुनसरीका सकृय राजनीतिक ब्यक्तित्व भएर ४ पटक दुहबी प्रमुख भई जिल्ला पञ्चायत सुनसरीको कार्यबाहक सभापतिसमेत हुनुभएको थियो।

दुहबीको पुरानो बजार आगलागि भएपछि हालको नयाँ बजार स्थापित गर्नुमा रौनियारको सकृयता रहेको स्थानीय ब्यबसायीहरु बताउँछन्। स्वर्गीय रौनियारले दुहबीलाई औधोगिक करिडोर बनाउन दुहबीको पहिलो उद्योग पशुपति बिस्कुट उद्योग स्थापनादेखि दुहबी बिद्युत गृड, दुहबीको पञ्चायत भवन स्थापना, पञ्चायत आधारभुत बिद्यालय दुहबीका संस्थापक, पुर्बाञ्चलकै ठूलो मबेसी हाट निर्माण कार्य, दुहबीको नयाँ बस्ती ब्यवस्थित गर्ने कार्य तथा दुहबीको निसहाय बालबालिका सेवा आश्रमका संस्थापक अध्यक्ष, लुनकरणदास गंगादेबि च्यारिटी अस्पतालका संस्थापक तथा संचालक सदस्य भइ दुहबीको बिकासमा सकृय भुमिका निर्वाह गरि योगदान पुर्‍याउनुभएको छ। दुहबीस्थित बुढिखोलाको नदि नियन्त्रण तथा बृहत बाँध निर्माण कार्यक्रममा समेत रौनियारको योगदान रहेको जनाइएको छ। दुहबीमा बैंक स्थापना गर्न रौनियारले नेपाल बैंक लि.दुहबीलाई जग्गा हस्तान्तरण समेत गरेको पारिवारिक श्रोतले जनाएको छ।

स्वर्गीय बद्रीप्रसाद रौनीयारको निधनप्रति नेपाली कांग्रेस केन्द्रिय कार्यालयले कार्तिक २५ गते शोक बक्तब्य जारी गर्दै भाबपुर्ण श्रदाञ्जलीसहित हार्दीक समबेदना समेत प्रकट गरेको छ। रौनियारको निधनप्रती स्थानीय बुद्धिजिवीलगायत राजनीतिक दलका शीर्ष नेताहरु र उद्योगपति बसन्त कुमार चौधरीलगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन्।