इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले ७ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। बिषेश सुचनाको आधारमा प्रहरीले इटहरीस्थित गोल्डेन चोकबाट करिव डेढलाख रुपैँया र बिभिन्न बैँकका दुईलाख ४८ हजार रुपैँया उल्लेखित चारवटा चेकसहित उनिहरुलाई बुधबार अपरान्ह पक्राउ गरेको हो।

प्रहरी निरीक्षक केशब कुमार कटवालको कमाण्डमा खटिएको प्रहरी टोलिले इटहरी ९ गोल्डेन चोकमा दुहबी नगरपालिका ८का अलादिन मियाले सञ्चालन गरेको राईन फर्निचर उद्योग भित्र पैसा हारजित हुने गरी तास खेल्ने र खेलाउने ७ जनालाई पक्राउ गरेको हो।

प्रहरीले इटहरी १३ का ६० बर्षीय मझेफर तसन मिया, दुहबी ९का ३४ बर्षीय मोहमद सामुदिन आलम सोहि ठाउँका ३८ बर्षीय नैमुदिन मिया र ३७ बर्षीय महमद जिया हुसेन दुहबी ८ का २६ बर्षीय हासिम हुसेन र ४२ बर्षीय नुर महमद, इनरुवा ७ का ५० बर्षीय महमद ईनुसलाई नियन्त्रणमा लिएको हो। paisa 2

पक्राउ गरेकाहरुसँगै तासको खालमा थापिएको नगद १ लाख ४९हजार ७ सय पच्चीस रुपैयासहित कामना सेवा बिकास बैंकको मझेफर तसन मियाको नाममा काटिएको ५० हजार बराबरको एउटा चेक, एभरेष्ट बैंकको मो.ईनुसको नाममा काटिएको १ लाख बराबरको एउटा र ५८ हजार रुपैँया बराबरको अर्को एउटा चेक अनि सिद्धार्थ बैंकको मो.ईनुसकै नाममा काटिएको ४० हजार रुपैँया बराबरको चेक गरेर २ लाख ४८ हजार रुपैँया बराबरको चेक र खेल्दै गरेको १६० पत्ति ताससमेत बरामद गरेको छ।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले बताउनुभयो।