इटहरी/ पूर्वाञ्चलका राष्ट्रबादीहरुले बिराटनगरमा बृहत प्रदर्शन गर्ने भएका छन्। राजसँस्था समर्थकहरुले कात्तिक २७ गते बिराटनगरमा प्रदर्शन गर्ने भएका हुन्।

पूर्वाञ्चलका राष्ट्रबादीहरुले बीर गोर्खालीको ब्यानरमा बृहत मोटरसाईकल र्‍याली निकाल्न लागेका हुन्। बिराटनगरको कञ्चनबारीबाट कात्तिक २७ गते दिउसो साढे १२ बजे शुरु हुने मोटरसाईकल र्‍यालीमा करिव ४ हजार वटा मोटरसाईकल सहभागी हुने जनाईएको छ।

र्‍यालीमा पूर्वाञ्चलका राष्ट्रबादीहरु सहभागी हुने भन्दै शिव सेना नेपालका केन्द्रिय सदस्य सुरज कँडेलले लामो सयमदेखि राजसँस्थाको पुनस्थापनाका लागि संघर्ष गर्दै आएको शिवसेनाले त्यसमा स्वयंसेवकको भूमिका निर्वाह गर्ने जनाउनुभयो।

नेपालमा राजनीतिक दलहरु असफल भएको भन्दै केन्द्रिय सदस्य कँडेलले दलहरु असफल भएका कारण देशमा बेथिति बढेको र त्यसको निर्मुलीकरणका लागि राजसँस्थाको आवश्यकता महसुस हुन थालेको बताउनुभयो।

कँडेलले काठमाण्डौ, बिरगञ्जलगायतका ठाउँमा भएका र्‍यालीहरु त्यसका उदाहरण भएको भन्दै अव नेपाली जनता सचेत भईसकेको बताउनुभयो। उहाँले कात्तिक २७ गते बिराटनगरमा हुने मोटरसाईकल र्‍यालीले कत्ति पूर्वाञ्चलबासीले राजसँस्था चाहेका रहेछन् भन्ने बुझिने स्पष्ट पार्नुभयो।