दुहवी/ इलाका प्रहरी कार्यालय दुहवीले जुवा खेलिरहेका ९जना जुवाडे पक्राउ गरेको छ। दुहवी प्रहरीले नगद ७७ हजार ७ सय १० रुपैँयासहित आईतबार उनिहरुलाई नियन्त्रणमा लिएको हो।

प्रहरीले दुहबी ३ का ३४ बर्षीय अनिश सिंह सोहि ठाउँका ४२बर्षीय संसद मिया, ४६बर्षीय मंगल शाह, ३६बर्षीय टेक बहादुर गिरी, ३८बर्षीय आलम अन्सारी, ३४बर्षीय दिपक अकेला ५२बर्षीय मोहम्मद मोक्तार, दुहवी ९का ४५बर्षीय मोहम्मद हजरत मिया र दुहवी ४का ४४बर्षीय सन्तोष बराललाई नियन्त्रणमा लिएको हो।

दुहबी ३ स्थित आलम हुसेनको काठ फर्निचर रहेको घरमा तासजुवा खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबीबाट प्रहरी निरीक्षक घनेन्द्र हाङ खजुमको नेतृत्वमा खटिएको प्रहरी टोलिले ३ बुङ ताससहित उनिहरुलाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय सुनसरीबाट ७ दिनको म्याद थप गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरी निरिक्षक खजुमले बताउनुभयो।