बेलबारी/ मोरङ्गको बेलबारीमा शुक्रबार भएको किरात नेवाहाङ्ग राई समाजको भेलाले टेकबहादुर नेवाहाङ्ग राईको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ। बेलबारीस्थित किराँत राई यायोक्खाको परिसरमा शुक्रबार भएको भेलाले समिति गठन गरेको हो।

समितिको उपाध्यक्षमा छत्र बहादुर नेवाहाङ्ग राई, महासचिवमा पूर्ण नेवाहाङ्ग राई, सचिवमा दुर्गाध्वज नेवाहाङ्ग राई, कोषाध्यक्षमा मुना नेवाहाङ्ग राईलाई चयन गरेको छ। IMG_8579

यसैगरी समितिको सदस्यहरुमा जनक नेवाहाङ्ग राई, सुजता नेवाहाङ्ग राई, फूलथुंगा नेवाहाङ्ग राई, बिक्रम नेवाहाङ्ग राईलाई चयन गरेको छ। यस्तै भेलाले इलाम र भोजपुरबाट एक/एकजना सदस्य थप गर्ने एवं पहिलो बैठकबाट उपाध्यक्षमा र सचिवमा एक/एकजना थप्ने निर्णय गरेको छ।

भेलामा नेवाहाङ्ग जातीको बारेमा टेकबहादुर नेवाहाङ्ग राईले बोल्नुभएको थियो। यस्तै भुवन नेवाहाङ्ग राईले नेवाहाङ्ग जातिको ऐतिहाँसिक महत्वको बारेमा बोल्नुभएको थियो IMG_8585

कोशी पहाडी जिल्ला संखुवासभा, भोजपुर अनि मेचि पहाडी जिल्ला इलाम अनि झापा, मोरङ्ग र सुनसरीमा बसोबास गर्ने नेवाहाङ्ग राईहरु काठमाण्डौ उपत्यकामा बसोबास गर्ने गरेको भन्दै कार्यक्रममा बिक्रम नेवाहाङ्ग राईले जानकारी गराउनुभयो। IMG_8583

यस्तै मोरङ्गको तुवामाई नगरपालिकाका मेयर रविन नेवाहाङ्ग राईले आफ्नो जातिको पहिचान रक्षा एवं नेवाहाङ्ग राईको उत्थानका लागि आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्दता जनाउनुभयो।