इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले ठुलो परिमाणको पटकासहित तीनजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीले इटहरी ८बाट उनिहरुलाई नियन्त्रणमा लिएको हो।

स्थानीय माताहिर मियाको किराना पसलमा पटकाहरु भण्डारण, ओसारपसार एवं बिक्रिबितरण भईरहेको भन्ने गोप्य सुचनाको आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई पटका सहित नियन्त्रणमा लिएको हो।

मंगलबार इटहरी प्रहरीले इटहरी ११ बस्ने २५बर्षीय प्याराचन्द्र चौधरी, इटहरी १७का २३ बर्षीय गणेश चौधरीको साथबाट TASTY लेखिएको बिष्कुटको ४ वटा कार्टुनमा प्याक गरिएको (प्रति कार्टनमा ६(बन्डल) प्रति बण्डलमा ५० प्याकेट( १ प्याकेटमा २८ पिस) भएको चौविस बन्डल SRIVIJAI king Cobra लेखिएको पटका र TWIST लेखिएको बिष्कुटको कार्टनमा ६ बन्डल प्रति बण्डलमा ५० प्याकेट(१ प्याकेटमा २८ पिस)का दरले SRIVIJAI king Cobra लेखिएको पटका नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

यसैगरी सोही ठाउँमा रहेको ताहिर मियाको किराना पसल भित्र लुकाई राखेको Superfry लेखिएको कार्टन भित्र ९बण्डल(प्रति बण्डलमा ५० प्याकेट १ प्याकेटमा २८ पिस) SRIVIJAI king Cobra लेखिएको पटका ताहिर मियाले उचाल्दै गरेको बेला फेला पारेकोले मियालाईसमेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका तीनैजनालाई बिष्पोटक पदार्थ सम्बन्धि कसूरमा थप अनुसन्धान गरिहेको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले जानकारी दिनुभयो।