इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न मिति र समयमा इटहरीका बिभिन्न ठाउँमा फेला पारेको रक्सी कार्वाहीको लागि राजस्व कार्यालयमा बुझाएको छ।

प्रहरीले गस्तिको क्रममा करिव दुई सय लिटर घरेलु मदिरा इटहरीका बिभिन्न वडामा सडक छेउमा वेवारिसे अवस्थामा राखिएका हरिया, पहेँला, सेता, जर्किनमा फेला पारेको जनाएको छ।

प्रहरीले फेला पारेको करिव दुई सय लिटर घरेलु मदिरा बिहिबार आवश्यक कार्वाहीको लागि आन्तरीक राजश्व कार्यालय इटहरी पठाएको इलाका प्रहरी कार्यालय इटहरीका सुचना अधिकृत प्रहरी निरिक्षक केशव कुमार कटवालले जानकारी दिनुभयो।