सुनसरी/ प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएका छन्। थपिएका संक्रमितमा मोरंगका २९९, सुनसरीका १८०, झापाका ११०, उदयपुरका १३, इलामका ८, ताप्लेजुङका ६, संखुवासभाका ३, खोटाङ र धनकुटाका १–१ र प्रदेश १ बाहिरका १६जना हुन्।

प्रदेश एकको सामाजिक बिकास मन्त्रालयका अनुसार बिराटनगरमा २१४ जनामा संक्रमण देखिएको छ। संक्रमण पुष्टि भएकामा ७४ महिला र १४० पुरुष छन्। मोरंगको सुन्दरहरैचामा २२, उर्लाबारी, कानेपोखरी र बेलबारीमा ९–९, मोरंगको रंगेली र बुढीगंगामा ७–७, पथरीशनिश्चरे र लेटाङमा ५–५, रतुवामाईमा ४, जहदा र कटहरीमा ३–३, धनपालथान र ग्रामथानमा १– १ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

सुनसरीको धरानमा १०३, इटहरीमा ३९, इनरुवामा १६, बराहक्षेत्रमा ७, रामधुनीमा ५, बर्जु र दुहवीमा ३–३ , भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ।

यस्तै झापाको दमकमा ३४, बिर्तामोडमा २०, मेचीनगरमा १८, भद्रपुरमा ११, अर्जुनधारामा ९, बाह्रदशीमा ६, गौरीगञ्जमा ३, कन्काईमा २, कमल गाउँपालिकामा १ र स्थानीय तह नखुलेका ४ जनाको रिपोर्ट पोजेटिभ आएको छ।

यसैगरी उदयपुरको त्रियुगामा ७, कटारीमा ५ र बेलकामा १, इलामको सुर्योदयमा ३, इलाम नगरपालिका र मांसेबुङमा २–२, चुलाचुलीमा १, ताप्लेजुङको फुङलिङमा ४, श्रीजंगा र स्थानीय तह नखुलेका १–१जना छन्।

त्यस्तै संखुवासभाको खाँदबारी, मकालु र सिलिचोङमा १–१, खोटाङमा १, धनकुटामा १ र प्रदेश १ बाहिरका १६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ। प्रदेश १ मा कोरोना संक्रमितको संख्या १६ हजार ८ पुगेको छ।

प्रदेश १ मा आज ४१८जना डिस्चार्ज भएका छन्। होम आईसोलेसनबाट ३९७, कोभिड १९ आईसोलेसन केन्द्र चौदण्डीगढीबाट १४ र बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट ७ जना डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६ हजार ६२५पुगेको छ।

प्रदेश १ मा आज बिहिबार १ हजार ५३ जनाको पीसीआर परीक्षण गरिएको छ। परीक्षण गरिएका मध्ये १९७ महिला र ४४० पुरुषको रिपोर्ट पोजेटिभ आएको छ। हालसम्म १ लाख ५१ हजार ६०५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ।