इटहरी/ गायक तथा संगीतकार प्रेम घिमिरेको संगीतमा तातो समाचार बोलको गीत म्युजिक भिडियो सार्वजनिक भएको छ।

पदम साधना कुलुङको शब्द, दिनेश न्यौपानेको संगीत संयोजन रहेको गीतमा नेपाल आईडल सिजन ३ का सेकेन्ड रनर–अप किरण भुजेल र गायिका प्रसिद्धि लामाको स्वर रहेको छ।

यस गीतको म्युजिक भिडियोको निर्देशन प्रविण तामाङले गरेका छन् भने भिडियोमा जुना सुन्दास र प्रविण तामाङले नै अभिनय गरेका छन । यस गीतमा धेरै मिहेनत साथ काम गरेकोले यो गीतले दर्शक श्रोताको मन जित्ने आशा गायक किरण भुजेल र प्रसिद्धि लामाले राखेकी छिन्।

अहिले गीत संगीतको बाढी नै आएको छ। नेपाली म्युजिक क्षेत्रमा दैनिक दर्जनौं गीत सार्वजनिक हुन्छ। यो हप्ता मात्र प्रेम घिमिरेको संगीतमा ४वटा गीत सार्वजनिक भईसकेको छ। उनकै संगीतमा केही गीतहरू सार्वजनिक हुने तयारीमा छन्। यो गीत रमाइलो बनेको र म्युजिक भिडियो पनि राम्रो बनेकोले यो गीतले धेरैको मन जित्ने आशा संगीतकार प्रेम घिमिरेले लिएका छन्।

हेर्नुहोस भिडियो :