इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले बिभिन्न ब्राण्डका ३८ थान मोवाईल सम्बन्धित मोवाईल धनिलाई बुझाएको छ। गत महिनादेखि हालसम्म फेला पारेका करीब १८ लाख ५५ हजार ८ सय रुपैँया बराबरका मोबाइल सेट सोमबार सम्बन्धित धनीहरुलाई बुझाएको हो।

सोमबार बिहान एक कार्यक्रमका बीच बिभिन्न ब्रान्डका ३८ थान मोबाइल सेट सम्बन्धित धनीलाई बुझाईएको प्रहरीले जनाएको छ। IMG_3668

इलाका प्रहरी कार्यालयमा मोबाईल हराएको, चोरी भएको निवेदनको आधारमा खोजतलास गर्ने क्रममा फेला पारेका मोबाइल सेट फेला पारेर सम्बन्धित धनीहरुलाई बुझाएको हो।

इलाका प्रहरी कार्यालय इटहरीमा सिडिआर शाखा स्थापना भएदेखि हालसम्म बिभिन्न ब्रान्डका अन्दाजी ३ सय ३४ वटा मोबाइल सेटहरु फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको इटहरी प्रहरीको भनाई छ।