सुनसरी/ इटहरीमा मासु पसलमा पालना गर्नुपर्ने न्यूनतम मापदण्ड पालना गर्न अटेर गर्ने चारवटा पसलमा ताला लगाइएको छ। शनिबार बिहान भएको अनुगमनको क्रममा ती मासुपसलमा ताला लगाइएको हो।

इटहरी उपमहानगर उपभोक्ता हित तथा संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा शनिबार बिहान भएको बजार अनुगमनको क्रममा बिपी चौक जाने सडक छेउमा रहेका चारवटा मासुपसलमा ताला लगाइएको हो।

गत असोज २५ गते अनुगमनका क्रममा ती पसलहरुलाई खुल्ला रुपमा मासु नबेच्न र तीनदिन भित्रमा जाली लगाउन निर्देशनसहितको पत्र दिइएको थियो। पूःन अनुगमन गर्दा पनि जाली लगाएको नपाइएपछि बाध्य भएर ताला लगाईएको उपभोक्ता हित तथा संरक्षण शाखाका प्रमुख नोवल किशोर भट्टराईले बताउनुभयो।

napa
अनुगमनको क्रममा उपमेयरसहितको टोली

दुईबर्ष देखि अनुगमनका क्रममा ती पसलहरुलाई न्यूनतम मापदण्ड पालना गर्न सुझाव दिएपनि अटेर गरेको उपमेयर गौतमले जानकारी दिनुभयो। आज जम्मा सात वटा मासु पसलको अनुगमन गरिएको छ। अरु चार वटा पसललाई तीनदिन भित्र सुधार गर्न पत्र दिइएको छ।

पूःन अनुगमनका क्रममा सुधार गरेको नपाइए ती पसलहरुमा पनि ताला लगाउन बाध्य हुने उपमेयर गौतमले बताउनुभयो। इटहरीमा बजार अनुगमनलाई तिब्रता दिइएको छ।