इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले ब्याट्री चोरी गर्ने र किन्ने तीनजनालाई पक्राउ गरेको छ। प्रहरीले उनिहरुलाई बिहिबार पक्राउ गरेको हो।

ब्याट्री चोरीमा संलग्न इटहरी ५ बस्ने २०बर्षीय राज भन्ने लोक बहादुर बिश्वकर्मा र इटहरी ७ बस्ने श्यामलाल धामीलाई बिहिबार दिउसो साढे ४ बजे इटहरी ६ पश्चिम लाईनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।

लोकबहादुर र श्यामलालले चोरी गरेका ब्याट्रिहरु किन्ने मोरङको सुन्दरहरैँचा १२ खोर्सानेमा रहेको अनबर मियाले सञ्चालन गरेको आरिफ स्टोर (कवाडी पसल) मा काम गर्ने शेक कुतु बुदिनलाई समेत पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक अर्जुन केसीले बताउनुभयो। betrry

प्रहरीले कवाडी पसलबाट बिभिन्न कम्पनिका चोरी गरी राखेका १६वटा करिव ३ लाख रुपैँया बराबरका ब्याट्रीहरु समेत बरामद गरेको प्रनाउ केसीले बताउनुभयो।

इटहरी ७ शिव पार्वती टोल, टेलिकम अगाडिको लालिगुँरास टोल, आइतवारे, जनता क्याम्पस नजिक लगायतका ठाउँमा पार्किङ गरी राखेका सिटि सफारीमा जडान गरेका ब्याट्रीहरु चोरी भएको उजुरीको आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो।

पक्राउ परेका ब्याट्री चोरी गर्ने तथा चोरीका सामान किन्ने तीनैजनालाई सुनसरी जिल्ला अदालतबाट चोरी मुद्दा शिर्षकमा म्याद थप गरी थप अनुसन्धान गरिरहेको प्रनाउ केसीले बताउनुभयो।