बिराटनगर/ मोरङ निर्वाचन क्षेत्र नम्बर १ (क) बाट निर्वाचित सांसद कुलप्रसाद साम्बाको पहलमा १ अर्ब २६ करोड रुपैयाँ बराबरको योजना कार्यान्वयनको चरणमा रहेको सार्वजनिक भएको छ। साम्बाले शुक्रबार बिस्तृत विवरण सार्वजनिक गर्नुभएको हो। 

सांसद साँवाले आफू निर्वाचित भएपछि प्रदेश सरकारका १ सय ५० वटा भन्दा बढी योजनाका लागि १ अर्ब २६ करोड २९ लाख ९३ हजार १ सय ७७ रुपैयाँ बराबरको बजेट व्यवस्था गरेको उल्लेख गर्नुभएको छ।

साम्बाले प्रस्ताव गरेर कार्यान्वयनमा आएका तथा हाल निर्माणाधिन अधिकांश योजना सडक र तटबन्धन निर्माणको क्षेत्रमा रहेको छ। साम्बाको क्षेत्रमा मिक्लाजुङ २, ३, ६, ७, ८ र ९ नम्बर वडा र उर्लाबारी नगरपालिकाको सबै वडा गरी १५ वटा वडा पर्दछन् । सांसद साम्बाले आर्थिक वर्ष २०७५-०७६ र २०७६-०७७ मा ति बिकास निर्माणका कार्यक्रम लगेको जनाउनुभयो।

सार्वजनिक विवरण अनुसार ९८ वटा योजनाहरु सम्पन्न भइसकेका छन् भने अन्य योजनाहरु निर्माणाधिन छन्। बिशेष गरी ५८ करोड रुपैयाँ बराबरको किसानचोक-टाँडी-रमिते-रवि सडक बहुवर्षे योजना ४० प्रतिशत सम्पन्न भएको, ७ करोड २५ लाख बराबरको मिक्लु खोला पुल बहुवर्षे योजना अन्गर्तत ३० प्रतिशत सम्पन्न भएको, १ करोड ६ लाख बराबरको मुख्यमन्त्री ग्रामिण सडक अन्तर्गत उर्लाबारी आइतबारे चोक हुँदै झारशान्धि खाँम्बेझोडा जोड्ने सडक ७ सय मिटर कालोपत्रे सम्पन्न भइसकेको, उर्लाबारी-आइतबारे चोक नगरपालिका अगाडिबाट दक्षिण जाने ४ सय किलोमिटर सडक कालोपत्रे भएको लगायत उल्लेख छन्।

साम्बाले सार्वजनिक गरेको विकास योजनाको विस्तृत विवरण यस्तो छ :

Kusal Limbu 123 Kusal Limbu 124