सुनसरी/ इटहरी उपमहानगरद्वारा खनार बजारमा गरिएको अनुगमनका क्रममा म्याद गुज्रिएका सामाग्री बेच्न राखेको पाइएको छ। अनुगमनका क्रममा एउटा पसलमा शिल गरिएको छ।

इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समिति संयोजक उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा खनार बजारका ८वटा किराना पसल अनुगमन गरिएको छ। चारवटा किराना पसलमा म्याद गुज्रिएका सामान भेटिएको छ।

बट्टाको पेडा, मिट मसला, खानेतेल घ्यू, बिस्कुट, बेसारको प्याकेटलगायत म्याद गुज्रिएको भेटिएको उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईले बताउनुभयो। upa

म्याद गुज्रिएका समान बरामद गरिएको छ। गतसाल अनुगमनका क्रममा पनि म्याद गुज्रिएका सामान बेचबिखन गरेको पाइएको बिक्रम किराना पसलमा यसपाली पनि त्यस्तै पाइएकाले शिल गरेको उपमेयर गौतमले बताउनुभयो।

मूल्यसूची तथा साइनवोर्ड नभएकालाई तीनदिन भित्र राख्न निर्देशन दिइएको छ। ब्यवसाय नविकरण नगरेकाहरुलाई पाँचदिन भित्रमा गर्न भनिएको छ। इटहरीमा बजार अनुगमनलाई तिव्र बनाउने उपमेयर गौतमले जानकारी दिनुभयो।