इटहरी/ सुनसरीको इटहरीस्थित हटिया लाईनमा सडकको दुवैतर्फ सडकअधिकार क्षेत्र मिचेर राखिएका सामाग्री हटाउन लगाइएको छ। आईतबार उपमेयर लक्ष्मी गौतमको नेतृत्वमा अनुगमन गरेर सामाग्री हटाउन लगाईएको हो।

आइतबारको अनुगमनमा सडक अतिक्रमण गर्ने ब्यापारीहरुलाई सचेत गराईएको र पुनः अनुगमनका क्रममा सडकमा सामान राखिएको पाइए कानुन बमोजिम कारवाही गरिने उपमेयर गौतमले बताउनुभयो। bajar

इटहरी उपमहानगर उपभोक्ता हित संरक्षण समितिकी संयोजक समेत रहनुभएकी उपमेयर गौतमको नेतृत्वमा भएको बजार अनुगमनमा मूल्यवृद्धि, मिसावट, कालोबजारी रोक्न नियमित बजार अनुगमन पनि गरिने गौतमले जानकारी दिनुभयो। anu

अनुगमनका क्रममा आईतबार(आज) सातवटा किराना पसल र तीनवटा मीठाई पसलमा समेत अनुगमन गरिएको छ । उपभोक्ता हित संरक्षण शाखा प्रमुख नोवल किशोर भट्टराईका अनुसार केही पसलहरुमा मूल्यसूची र वोर्डन राखिएको, नविकरण नगरिएको पाइएको छ।