बेलबारी/ मोरङ्गको बेलबारी ४ गर्जुराम टोलबाट प्रहरीले ६ जना जुवाडेलाई नियन्त्रणमा लिएको छ। इलाका प्रहरी कार्यालय बेलबारी र जिल्ला प्रहरी कार्यालय मोरङ्गको टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो।

असोज २३ गते(हिजो) बेलुकी साढे ६ बजेतिर बेलबारी ४गर्जुराम टोलका अशोक राईको घरमा जुवा खेलिरहेको बेला प्रहरीले बेलबारी ३ मैनावारी टोलका ४०बर्षीय रित गुरुङ, बेलबारी ११ लक्ष्मीमार्गका ५६बर्षीय सुजय गौतम सोहि ठाउँका ५२ बर्षीय चन्द्र लिम्बु, झापाको दमक ५ मन्टेश्वरी टोलका ३२ बर्षीय धमेन्द्र राई, सुनसरीको इटहरी १ हलगडाका ४७ बर्षीय प्रदिप तामाङ, धनुषा जिल्ला चारनाथ गणेशमान नगरपालिका ८ पोर्ताहाका ५० बर्षीय पर्शुराम भुजेललाई पक्राउ गरेको हो। IMG_7251

प्रहरीले उनिहरुको साथबाट २ लाख ५३ हजार २ सय ३५रुपैँया, एक सेट कौडा अनि ३ बुङ तास, उनिहरुको प्रयोग गरेको को २ च २८१९ नम्बरको स्कर्पियो गाडी, एउटा अनटेष्ट बुलेट मोटरसाईकल, को २३ प १३८७ नम्बरको स्कुटर बरामद गरेको प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुको बिषयमा आवश्यक अनुसन्धान जारी रहेको मोरङ प्रहरी प्रवत्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले जानकारी दिनुभयो।