इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीमा प्रहरी नायव उपरिक्षक अर्जुन केसीले कमाण्ड सम्हाले लगत्तै इटहरीमा गैरकानुनी काम गर्नेहरुको ‘निदहराम’ भएको छ। प्र.ना.उ.अर्जुन केसीले कमाण्ड सम्हाल्ने बित्तिकै देखि गैरकानुनी काम गर्नेहरुमाथी ‘अर्जुनदृष्टि’ पर्न थालेको हो।

अर्जुन केसीको ‘अर्जुनदृष्टि’ शुरु भएदेखि इटहरीमा गैरकानुनी काम गर्नेहरु क्रमश पक्राउ पर्दै कानुनी कठघरामा उभिन थालेका छन्। यसैक्रममा बिहिबार केसी नेतृत्वको प्रहरी टोलीले पटका ल्याउनेहरुलाई कानुनी कठघरामा उभ्याएको छ। केसी नेतृत्वको टोलीले यो बर्ष पूर्व क्षेत्रमा पहिलो पटक पटका नियन्त्रणमा लिएको हो। दशैँको पूर्वसन्ध्यामा पूर्व क्षेत्रको पहाडी क्षेत्रहरुका लागि टार्गेट गरेर पटक भित्य्राउन शुरु गरेको हुन सक्ने प्रहरीको अनुमान छ।

केही मानिसहरुले भारतबाट पटका ल्याउदै गरेको गोप्य सुचनाको आधारमा इ.प्र.का.इटहरीको टोलीले बिहिबार(आज) इटहरी ५ खाद्यगोदाम नजिकै चेकजाँच गर्ने क्रममा सुनसरीको कोशी गाउँपालिका ६ श्रीपुरका २७ बर्षीय समिर मिया र सोहि ठाउँका १९बर्षीय आलम मियालाई ६७ बण्डल पटका (प्रति बण्डलमा ५० प्याकेट) सहित नियन्त्रणमा लिएको हो।

प्रहरीले खाद्य गोदाम नजिकै चेकजाँच गर्दा पुर्व पश्चिम राजमार्गको उत्तर किनारमा उभिरहेका उनिहरुलाई शंका लागि उनिहरको साथमा रहेको बोरा र कार्टुनहरु चेकजाँच गर्दा SRIVIJAI-COBRA लेखिएको ६७ बण्डल पटका बरामद गरेको प्रहरीले जनाएको छ।

पटकासहित प्रहरीले नियन्त्रणमा उनिहरुलाई मुलुकी अपराध संहिता २०७४ बमोजिम जिल्ला अदालत सुनसरीबाट ५ दिन म्याद लिई थप अनुसन्धान गरिरहको प्रहरीले जनाएको छ।