केराबारी/ केराबारी गाउँपालिकाले वडा नम्बर ९मा १६वटा घर स्थानीयलाई हस्तान्तरण गरेको छ। गाउँपालिकाले वडा नम्बर ९को बेलचौरीमा १६वटा घर स्थानीयलाई जिम्मा लगाएको हो।

संघीय सरकारको नीति अनुरुप प्रदेश सरकारबाट प्राप्त रकमबाट स्थानीयलाई घर निर्माण गरेर केराबारी ९का दलित, ऋषिदेव र मुसहर समुदायलाई हस्तान्तरण गरिएको गाउँपालिकाकी उपाध्यक्ष शान्ती चेम्जोङ(भुजेल)ले पूर्वीखबरलाई जानकारी दिनुभयो।

यस्तै केराबारी गाउँपालिकाको वडा नम्बर ९कै कुसुमेमा पिछडिएका समुदायका स्थानीय ४ परिवारलाई पनि घर निर्माण गरिसकिएको र हस्तान्तरण गर्न बाँकी रहेको उपाध्यक्ष भुजेलले बताउनुभयो। ghar hastantaran

गाउँपालिकाले घर हस्तान्तरण गरेका स्थानीयको यसअघि सो स्थानमा बाँसको कर्सी(झिक्रा), सण्डीले बारेको फुसका टहरा थियो। स्थानीयलाई निर्माण गरिदिएका ति घरहरु दुईकोठे रहेको र प्रत्येक घरहरु ३लाख ३२हजार ५ सय रुपैँयामा निर्माण सम्पन्न गरिएको बुझिएको छ।

यस्तै पिछडीएका समुदायको लागि निर्माण सम्पन्न भएको घरहरु भएको ठाउँसम्म मुख्यमन्त्री ग्रामिण कृषि सडक अन्तरगतको क्रमागत बजेटबाट बेलचौरी–भलुवा–लाख सडक अन्तरगतको सडक पनि पुगिसकेको छ।