केराबारी/ मोरङ्गको केराबारी गाउँपालिका वडा नम्बर ७ को कार्यालय भवनको शिलान्यास गरिएको छ। कार्यालय भवनको बुधबार एक कार्यक्रमका बीच शिलान्यास गरिएको हो।

भवनको एक कार्यक्रमका बीच केराबारी गाउँपालिकाका अध्यक्ष रोहित कार्की, उपाध्यक्ष शान्ति चेम्जोङ (भुजेल)ले संयुक्त रुपमा गर्नुभएको छ। एक करोड १ लाख रुपैँया लागतमा निर्माण हुने सो भवन २०७८ असार सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।

श्री कृष्ण निर्माण सेवा इटहरीले निर्माण गर्ने भवनलाई इटहरीका निर्माण ब्यवसायी कृष्ण खड्काले ठेक्का पारेका हुन्। भवन केराबारी गाउँपालिका वडा नम्बर ७ स्थित मुगु चोक भन्दा केहि उत्तर पूर्वपट्टी निर्माण शुरु भएको हो।

भवन निर्माणका लागि केराबारी गाउँपालिका ७ निवासी ३ जना ब्यक्तिहरुले पाँच कठ्ठा जग्गा दान गरेका छन्। वडा कार्यालय भवन निर्माणका लागि केराबारी ७ निवासी दुर्गाप्रसाद भट्टराईले एक कठ्ठा १० धुर, कृष्णकुमारी देवानले एक कठ्ठा १७ धुर र महेश्वरी तामाङ्गले एक कठ्ठा ३ धुर उपलब्ध गराएको केराबारी ७का वडाध्यक्ष नारायण कुमार चेम्जोङ्गले जानकारी दिनुभयो।