पाँचथर/ भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त कुमार नेम्वाङले काममा ढिलाइ गर्ने ठेकेदारहरुलाई कडा कारबाही हुने बताउनुभएको छ। पाँचथर जिल्ला सभाको उद्घाटन गर्न पुग्नुभएका मन्त्री नेम्वाङले त्यसो भन्नुभएको हो।

मन्त्री नेम्बाङ्गले अव कसैले कुनैपनि बहानामा ढिलासुस्ती गर्न नपाउने भन्दै सरकारले ढिलासुस्ती गर्नेलाई कारबाही गर्ने काम शुरु गरिसकेको बताउनुभयो।

मन्त्री नेम्वाङले सरकारले उनीहरुको कबोल अनुसार पैसा दिएर निर्माणको ठेक्का दिएको हुने भन्दै त्यो उनीहरुले समयमा सक्नुपर्ने बताउनुभयो। उहाँले ठेकेदारहरुले काम नसक्दा गाली सरकारले खानुपर्ने भन्दै अव यस्तो हुँदैन । ढिला सुस्ती गर्नेलाई कडा कारबाही हुन्छ।

मन्त्री नेम्बाङ्गले नेपालमा पूर्वाधार बिकासको कामले पनि गति लिएको भन्दै अहिले देश कोभिडको महामारीसँग जुधिरहेको भन्दै सरकारको लक्ष्य अनुसार काम अघि बढ्ने स्पष्ट पार्नुभएको छ।

नेपाल ल्याएर थन्किएको रेलको प्रसंग उठाउँदै उहाँले रेल नेपालको आवश्यकता भएको र अहिले देश कोभिडको महामारीसँग जुधिरहेकोले कोभिड अन्त्य भएसँगै प्रभावकारी रुपमा रेल सञ्चालन गर्ने बताउनुभयो।

देश समृद्धिको बाटोमा अघि बढेको बताउँदै मन्त्री नेम्वाङले सबैले आ आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुपर्ने बताउनुभएको छ।

: श्रोत खबरहव