मोरङ/ बिराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा तालिका सार्वजनिक गरेको छ। कोभिड–१९का कारण बिद्यालयलाई नै परीक्षा गर्न दिएपछि महानगरले परीक्षा तालिका सार्वजनिक गरेको हो।

महानगरले २५ असोजदेखि परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको भन्दै महानगरका शिक्षा प्रमुख दुर्गाप्रसाद खतिवडाले सरकारको नीति अनुसार नै तालिका सार्वजनिक गरिएको बताउनुभयो।

परीक्षा गर्न भनेर सरकारले नै सूचना जारी गरेको छ। परीक्षा बोर्डले बिद्यालयलाई नै जिम्मा दिएको छ। बिद्यालयहरुले महानगरलाई तालिका निकाल्न भनेपछि सबैसँग छलफल गरेर तालिका सार्वजनिक गरेको खतिवडाले बताउनुभयो।

प्रदेश बोर्ड, जिल्ला समन्वय समिति, शिक्षा क्षेत्रसँग सम्बन्धित संघ संस्था र बिद्यालयकै सहमतिमा परीक्षा गर्ने निर्णय भएको खतिवडाले बताउनुभयो। १५ असोदेखि बिद्यालय भर्ना भनिएको, एसईईको नतिजा पनि सार्वजनिक भएको र ति बिद्यार्थी ११ मा भर्ना हुने अनि नयाँ भर्ना गर्न पुरानो ११लाई निकाल्न पनि परिक्षा गर्नुको बिकल्प नरहेको उहाँको भनाई छ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले बिद्यालयले आफ्नो सहजता हेरेर परीक्षा लिन सक्ने भन्दै स्थानीय सरकारसँग अधिकार रहेकोले बिद्यालयलाई आफ्नो अनुकुल समयमा लिन भनेको र सहजता हेरेर बिद्यालयले परीक्षा लिने बताउनुभयो।

मोरङ हिसानका अध्यक्ष राजेश कार्कीले स्वास्थ्यका मापदण्ड पालना गरेर परीक्षा गरिने बताउनुभयो। उहाँले बजार खुलेको, सहज वातावरण बनेकोले दुरी कायम गरेर परीक्षा लिने भन्दै बिद्यार्थीलाई लामो समय अल्झाएर राख्न नमिल्ने बताउनुभयो।

कार्कीले दुरी कायम गरेर परीक्षा गर्न लागेको भन्दै बिद्यार्थीलाई अल्झाएर राख्न नमिल्ने तर कोरोना भाइरसको जोखिम कायम रहेकाले अभिभावक र बिद्यार्थी भने डर र त्रासमै रहेको अनि भौतिक रुपमै उपस्थित भएर परीक्षा गर्ने भएकाले जोखिम रहेको बिद्यार्थी र अभिभावकको गुनासो रहेको बताउनुभयो।

:श्रोत शिलापत्र