सुनसरी/ इटहरी उपमहानगरले इटहरीमा रहेका सडक बालबालिकाको पीसीआर परिक्षण गर्ने भएको छ। इटहरी उपमहानगरपालिकाकी उपप्रमुख लक्ष्मी गौतमको अध्यक्षतामा सडक बालबालिकाको दिगो ब्यबस्थापनका बारेमा भएको छलफलमा यस्तो निर्णय गरिएको हो।

उपमहानगर, इलाका प्रहरी कार्यालय, भ्वाइसअफ चिल्ड्रेन, उद्योग बाणिज्य संघ, नागरीक समाज, मायाघर नेपाल, श्रमिक महिला साझा मञ्चलगायत सरोकार वाला संघ सँस्थाहरुका प्रतिनिधिहरुको सहभागितामा छलफल भएको हो।

इटहरीका सडकमा सडक बालवालिका देखिए उपमहानगर र इलाका प्रहरीमा खबर गरेर भ्वाइस अफ चिल्ड्रेनमा राख्ने निर्णय गरिएको छ। बिगत २ बर्षदेखि इटहरी उपमहानगरपालिका र भ्वाइसफ चिल्ड्रेनको सहकार्यमा सडक बालबालिकाको संरक्षण र ब्यबस्थापन गर्ने कार्य भइरहेको छ। uupp

बालबालिकाको खानपिनको खर्चको ब्यबस्थापन नगरपालिकाले गर्दै आएको छ। भ्वाइस अफ चिल्ड्रेनमा हाल ३० जना सडक बालबालिकाले संरक्षण पाएका छन्। उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीमा ९० प्रतिशत सडक बालबालिका इटहरी बाहिरबाट आउने गरेका छन्।