सुनसरी/ सिराहामा बोक्सीको आरोपमा कुटपिट गरिएकी महिलालाई अखिल नेपाल महिला संघ(अनेमसंघ)ले भेटेको छ। संघका केन्द्र प्रतिनिधि, सुनसरी र धरान समितिका प्रतिनिधिहले भेटेर दोषीलाई कडा कारवाहीको माग गरेका छन्।

भाद्र २९ गते सिरहाको नवराजपुर गाउँपालिका–५ कसुण्डिकी ४५ बर्षीया मुर्तिदेवि यादवलाई कथित बोक्सिको आरोप लगाई केहि स्थानीयले मलमुत्र खुवाई मरणासन्न हुने गरि कुट्पिट गरेका थिए। कुट्पिटबाट मुर्तिदेविको च्यापुको हाड भाँचिनुका साथै ४ वटा दाँत भाचिएको छ।

मुर्तिदेवीको अहिले धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचार भईरहेको छ। अनेमसंघले मानवताबिरोधी कार्य भएको भन्दै बिरोध जनाएको छ भने दोषीहरुलाई कडा कारबाहीको माग समेत गरेको छ।

यादवको उपचार निजि खर्चमा भईरहेको र दोषीहरु हालसम्म कार्वाहिको दायरामा नआएकोले चाँडो भन्दा चाडो कार्वाहि गरी पीडितको उपचार गराइदिन अनेमसंघले माग गरेको छ।