इटहरी/ सुनसरीको इटहरीस्थित तरहरामा सकृय यूवाको सँस्था हिपहप नेपालले इटहरीका हरेक सामाजिक संघ सँस्था एवं मानिसहरुको बाक्लो उपस्थिती हुने ठाउँहरुमा सेनिटाईज गरेको छ। हिपहप नेपालले मंगलबार इटहरीका बिभिन्न ठाउँमा सेनिटाईज गरेको हो। 2 1

कोरोना भाईरसका कारण बिश्व नै आक्रान्त भईरहेको बेला इटहरीमा यसको प्रभाव न्युनिकरण गर्ने उद्देश्यले सेनिटाइजेसनको काम गरिएको हिपहप नेपालले जनाएको छ। 1

हिपहप नेपालका अध्यक्ष दान बहादुर राई एवं जीवन राई, अनुप सुब्बा, मन्दु लिम्बू लगायत समावेश सेनिटाईजेसन कार्यक्रममा हिपहप नेपालमा आवद्व यूवाको उल्लेख्य उपस्थिती थियो। 3 1

कार्यक्रमलाई सफल बनाउनका लागि सहयोग गर्ने सम्पुर्ण अग्रजहरुलाई हिपहप नेपालको तर्फबाट अनुप सुब्बाले धन्यवाद ज्ञापन गर्नुभएको छ।