झापा/ झापाको गौरादह–९ बैगुनधुराबाट लागुऔषधसहित दुईजना पक्राउ परेका छन्। प्रहरीले राजेश महतो र प्रमानन्द चौधरी पक्राउ परेका हुन्।

प्रहरीले गौरादह ३ का २२ बर्षीय महतो र सोही ठाउँका २७ बर्षीय राजबंशीलाई प्रहरी चौकी माहाभाराबाट गस्तीमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

मोटरसाईकलमा सवार दुबैजनालाई शनिबार राती पौने ११ बजे नियन्त्रणमा लिएको थियो। पक्राउ परेका उनिहरुमाथी चेकजाँच गर्दा १५८ बोतल ईस्कफ लागुऔषध फेला पारी बरामद गरिएको ईलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। lagu

पक्राउ परेका दुबैजना उपर थप अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको प्रहरीलेजनाएको छ । bike