सुनसरी/ सरकारले संबिधान दिवसको अवसरमा प्रेस संगठन नेपालका प्रदेश १का इञ्चार्ज लिलाराज भट्टराईसहित १६ जना पत्रकारलाई बिभुषित गर्ने निर्णय गरेको छ। १६ जना पत्रकारलाई मानपदव, अलकार र पदकद्वारा बिभुषित गर्ने निर्णय गरेको हो।

बिभुषित हुनेमा शुभशंकर कँडेल, डा. राजेशराज अहिराज, सागर पण्डित, राजेशकुमार अर्याल, गोबिन्दप्रसाद भण्डारी, धर्मेन्द्र कर्ण, सुभेच्छाबिन्दु तुलाधर, चिरञ्जिबी मास्के (प्रवल जनसेववा श्री चतुर्थ) रहनुभएको छ।

यसैगरी टीका बिष्ट, लिलाराज भट्टराई, सूर्यमणि गौतम, सविन प्रियाशन चौधरी, हरिनारायण गौतम, मोहन बस्नेत, कृष्णचन्द्र लामिछाने र तेजदत्त खकुराललाई जनसेवा श्री पञ्चमबाट बिभुषित गर्ने निर्णय सरकारले गरेको हो ।