भोजपुर / भोजपुरको हतुवागढी गाउँपालिकाको उपप्रमुखको निधन भएको छ। ४२ वर्षिया चन्द्रमा राईको उपचारको क्रममा विराटनगरमा गएराती निधन भएको हो ।

एक सातादेखि ज्वरो, खोकी,र झाडा पखालाले ग्रस्त भएकी उपप्रमुख राईलाई भदौ २९ गते प्राथमिक स्वास्थ्य केन्द्र घोरेरटारमा भर्ना गरिएको थियो । केन्द्रमा उपचारपछि डिस्चार्ज गरिए पनि उहाँको प्रेसरमा समस्या देखिएपछि असोज १ गते बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको हतुवागढी गाउँपालिका प्रमुख प्रेमकुमार राईले जानकारी दिनुभयो।

उपप्रमुख राईको धरानमा उपचार हुन नसक्ने बताएपछि लगत्तै न्यूरो हस्पिटल विराटनगरमा उपचार सुरु गरिएको थियो। उपप्रमुख राईको निधन भएपछि गाउँपालिकाको बैठक शनिवार बिहान बस्दै छ। बैठकमा राईको शवलाई भोजपुर ल्याउने विषयमा छलफल हुने गाउँपालिका अध्यक्ष राईलाई बताउनुभयो।

सञ्चारलय