इटहरी/ प्रेस संगठन नेपाल एक नम्बर प्रदेश समितिका इञ्चार्ज लिलाराज भट्टराईले जन्मदिनको अवसर पारेर मृत्यूपर्यन्त आँखा र छाला दान गर्ने घोषणा गर्नुभएको छ। भट्टराईले असोज २ गते शुक्रवार (आज) सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै यस्तो घोषणा गर्नुभएको हो।

एक नम्बर प्रदेशको चर्चित रेडियो सप्तकोशी एफ एमका समाचार सम्पादक समेत रहनुभएका भट्टराईले आफ्ना आँखाबाट कसैले यो सुन्दर संसार देख्न सकुन अनि जलन भएका चारजनाले आफ्नो छालाबाट उपचार प्राप्त गर्न सकुन भन्ने इच्छा समेत ब्यक्त गर्नुभएको छ।

यस्तै भट्टराईले आफ्नो छोरा बिक्रान्तको असोज १० गते पर्ने जन्मदिन र छोरी (भजिती) खुशीको पुष १४मा पर्ने जन्मदिनको अवसर पारेर एक/एक जना अनाथ बालबालिकालाई झोला, बर्षदिनभरि पुग्ने कापी र कलम प्रदान गर्ने प्रतिबद्धता समेत ब्यक्त गर्नुभएको छ।