इटहरी/ सुनसरी र उदयपुरमा भएका घटनामा दुईजनाको मृत्यू भएको छ। सुनसीमा पानीमा डुबेर १० बर्षीया बालिकाको र उदयपुरमा खोलाले बगाएर ५५बर्षीय ब्यक्तिको ज्यान गएको हो।

बुधवार दिउसो ३ बजे घर नजिकै जमेको पानीमा साथीहरुसंगै पौडी खेल्न गएकी सुनसरीको दुहवी नगरपालिका ८ की १० बर्षीया नन्दनी ऋषिदेव पौडी खेल्ने क्रममा डुबेर बेहोस अवस्थामा साथीहरुले उद्धार गरी उपचारको लागी अस्पताल लाने क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।

यसैगरी उदयपुरको चौदण्डीगढी नगरपालिका ३ का ५५ बर्षीय पदम मगरलाई भाद्र ३१ गते साँझ पौने ७ बजे घरबाट बिरेन्द्रबजार जाँदै गर्दा बाटोमा रहेको धपड खोला तर्ने क्रममा बगाएको हो।

खोलाको बाढीले बगाएर बेपत्ता भएका मगरलाई खोजी गर्ने क्रममा आश्विन १ गते बिहान साँढे ९ बजे बगाएको ठाउँ भन्दा केही तल मृत फेला पारेको ईलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ।