इटहरी/ इलाका प्रहरी कार्यालय इटहरीले हराएकी महिलाको खोजीमा सहयोग गरिदिन सञ्चार माध्यमलाई आग्रह गरेको छ। कार्यालयले बुधबार साँझ सुचना जारी गर्दै यस्तो आग्रह गरेको हो।

इप्रका इटहरीले इटहरी उप महानगरपालिका वडा नम्बर १२ बस्ने ३५बर्षीया हरीमाया खत्री भाद्र २५ दिउसो करिव २ बजेतिर कसैलाई जानकारी नदिई हिडेको र हालसम्म कोही कसैको सम्पर्कमा नआएको जानकारी गराएको छ।

हराएकी श्रीमतीको खोजीका लागि खत्रिका श्रीमान् तिर्थ बहादुरले भाद्र २६गते हुलिया सहितको निबेदन पेश गरेको र प्रहरी कार्यालयबाट खोज तलास गर्दा हालसम्म कहि कतै फेला नपरेकोले सञ्चार माध्यमको सहियोग गरिएको उल्लेख छ।

हराएकी हरिमायाको हुलिया
वर्ण गहुगोरो, उचाई अन्दाजी ५ फिट २ ईन्च, कपाल कालो, पातलो शरीर, कुर्ता सुरुवाल लगाएकी साईड ब्याग बोकेकी, नाकमा सुनको नथिया लगाएकी घर सुनसरीको इटहरी बताउने मानसिक असन्तुलन भएकी