सुनसरी/ सुनसरी र उदयपुरमा भएका घटनामा दुईजनाको ज्यान गएको छ। चट्याङले लागेर सुनसररीको देवागञ्जमा १३ बर्षीया बालिकाको र उदयपुरको रौतामाईमा खोलाले बगाएर ६० बर्षीया महिलाको ज्यान गएको हो।

मंगलवार बिहान साढे ९ बजे आफ्नै खेतमा माछा मार्दै गरेकी देवानगञ्ज गाउँपालिका ६ की १३ बर्षीया सुष्मा पासवानको बर्षासँगै परेको चट्याङका कारण गम्भिर घाईते भएकी थिईन।

घटनामा गम्भिर भएकी पासवानलाई उपचारको लागी अस्पताल लाने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय सुनसरीलाई उद्यृत गर्दै प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।

यस्तै गएराती ७ बजे स्थानीय मुर्कुची बजारबाट घर फर्कदै गरेकी उदयपुरको रौतामाई गाउँपालिका ७ की ६० बर्षीया तिलमाया पुलामी मगरलाई बाटोमा रहेको छौडिया खोला तर्ने क्रममा खोलाले बगाएको थियो।

घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरलाई उद्यृत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय बिाटनगरले जनाएको छ।