झापा/ झापाको मेचीनगर नगरपालिका १३ बाट ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन्। ब्राउनसुगरको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाका आधारमा प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो।

लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले १२ ग्राम ब्राउनसुगरसहित मेचीनगर नगरपालिका १५ का २९ बर्षीय श्रीमत सोरेन र बिर्तामोड नगरपालिका ५ का २७ बर्षीय पवन कुमार वसाकलाई मंगलवार राती सवा ७ बजे पक्राउ गरेको हो।

मे १ प ९९७२ नम्बरको मोटरसाईकल र मे ९ प ४९६१ नम्बरको स्कुटरमा सवार दुबैजनालाई चन्द्रगढी रोडमा रोकेर चेकजाँच गर्ने क्रममा सो परिणामको ब्राउनसुगर बरामद गरेको प्रहरीले जनाएको छ।

ब्राउनसुगरसहित पक्राउ परेका दुबैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय धुलावारीलाई उद्यृत गर्दै एक नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ।