तरहरा/ सुनसरीमा कृयाशिल हिपहप नेपाल नामको यूवा आवद्व सँस्थाले कुलमान घिसिङको पुनःनियुक्तिको माग गर्दै प्रदर्शन गरेको छ। हिपहप नेपालले मंगलबार दिउसो तरहरा बजारमा प्रदर्शन गरेको हो।

तरहरा बजारमा भेला भएका हिपहप नेपालका अध्यक्ष्य दान बहादुर राई लगायत सँस्थामा आवद्व यूवाले बिभिन्न नारा लेखिएका प्ले कार्ड बोकेका थिए। उनिहरुले नेपाल बिद्युत प्राधिकरणमा घिसिङको पुननियुक्ति हुनुपर्ने माग गरेका छन्। kulman

तरहरा बजारमा रहेको बास्केटबल कोर्टमा भेला भएका यूवाले सरकार बिरुद्व केहिबेर नाराबाजी समेत गरेको कार्यक्रमका संयोजक अनुप सुब्बाले बताएका छन्। tahara

यद्यपी सरकारले नेपाल बिद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशकमा लेखनाथ कोइराला नियुक्त गरेको छ। नियुक्तिको स्वतन्त्र पुष्टि हुन भने बाँकी रहेको छ।