मोरङ/ मोरङ्गको बेलबारी नगरपालिका ५ कसेनीका चन्द्रकुमार राईको हत्यामा संलग्न घटनाको १७ दिन पछि पक्राउ परेका छन्। मोरङ्ग प्रहरीले घटनामा संलग्न बिनय सरदारलाई सोमबार राती पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ बर्षीय सरदारलाई बराहक्षेत्र नगरपालिका ११ मधुवनबाट सोमबार राती साढे आठ बजे पक्राउ गरेको हो।

सरदारसहितका यूवाले भदौ १२ गते कसेनी स्थित लोहन्द्रा खोला किनारमा धारिलो हतियारको प्रयोग गरी चन्द्र कुमार राईको हत्या गरेका थिए।

पक्राउ परेका सरदारलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान भईरहेको मोरङ्ग प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक मानबहादुर राईले बताउनुभयो।