काठमाण्डौ/ संघीय राजधानी काठमाण्डौको सिनामंगलस्थित काठमाण्डौ मेडिकल कलेज शिक्षण अस्पताल (केएमसी)ले १९९९मा पीसीआर परीक्षण गर्ने भएको छ। (केएमसीले आज मंगलबार देखि लागु हुने गरी सो शुल्क निर्धारण गरेको हो।

यसअघि सरकारले तोकेको भन्दा १९ सय कम शुल्कमै केएमसीले पीसीआर परीक्षण गर्दै आएको थियो। सरकारले ४४ सय पीसीआर परीक्षण शुल्क तोकेको बेला केएमसीका अध्यक्ष डा.सुनिल शर्माले २५सयमै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउनुभएको थियो।

सरकारले अहिले पुनः पीसीआर परीक्षण शुल्क घटाएर २ हजार कायम गरेको छ। सोही अनरुप केएमसीले पनि शुल्क पूननिर्धारण गर्दै १९९९ मा झारेको हो KMC Notice