बिराटनगर/ १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका बिवादास्पद प्रहरी निरिक्षक (इन्सपेक्टर) हेम खड्का पछिल्लो चार बर्षयता १नं.प्रदेशमा हुने गरेका कनिष्ठ प्रहरीहरुको सरुवा बढुवामा ब्यापक चलखेल गर्ने गरेको खुलासा भएको छ। खड्काले जवान, हवल्दार, सहायक निरीक्षक, नायव निरीक्षकलगायतलाई ‘यताबाट उता’ अनि ‘उताबाट यता’ ल्याउँदा मोटो रकम चलखेल गर्ने गरेको पीडित सकल दर्जाका सुरक्षाकर्मीले बताएका छन्।

पूर्वी पहाडी एक जिल्लामा ३ वर्षदेखि बसिरहेका एक सकल दर्जाका प्रहरीले खड्काबारे समाचार आएपछि सोझै महानिरीक्षक सचिवालयमा पठाएर ध्यानाकर्षण गराएका छन्। उनले गृह मन्त्रालय, अख्तियारलगायतमा पनि बोधार्थ दिएका छन्, आफुसहित धेरैलाई चलखेलमा लपेटेको उल्लेख गरेका छन्। उनले खड्काको सम्पति छानविन गर्न माग गर्दै प्रहरी सेवामा रहँदा उनले आर्जन गरेको रकमबारे अख्तियारले एक–एक हिसाव गर्नुपर्ने माग राखेका छन्। झापा घर भएका खड्काले बिराटनगर डीएभी स्कुल छेउमा महङ्गो घर समेत बनाएका छन् र, यसको स्रोतपनि शंकास्पद रुपमा हेरिएकोछ।

३ वर्ष भयो मेरो सरुवा गर्नुपर्यो भन्दा उनले ‘के गर्न सक्छौं ?’ भन्ने आसयसहित आर्थिक लाभ लिन खोजेको देखियो’ ती प्रहरी जवानले भने, ‘म जवानसित के छ र दिनु भन्दा केही छैन भने सरुवाको आशानगर भन्ने जवाफ दिए।’ खासगरेर केदार रिजालको पालामा लाभ लिएरै ठूलो संख्यामा प्रहरीलाई सरुवा गरेपछि गह प्रशासनमै त्यसले ठूलो बबण्डर मच्चाएको थियो।

खड्का तत्कालिन डीआईजी केशरीराज घिमिरेको पालामा प्रदेश प्रहरी कार्यालयमा आएका थिए। उनी त्यहाँ २ वर्ष लेखामा बसे। केदार रिजाल डीआईजी हुँदा उनले प्रसस्तै लाभ लिएको सूत्रले बताएको छ। रिजालको पालामा पहिलो पटक चेन अफ कमाण्डमा रहेका प्रहरीले बिद्रोह नै गरे । ३ सयभन्दा बढीले सामूहिक राजिनामानै दिए।
खड्का पशुपति उपाध्याय गौतम, रमेश भट्टराई, ज्ञान बिक्रम शाह, केदार रिजाल, ठाकुर ज्ञवालीदेखि अहिलेका डीआईजी ईश्वरबाबु कार्कीसँग बसेर काम गर्ने भाग्यमानी अधिकृत हुन।

समाचार आएपछि अहिलेका डीआईजी कार्की पनि सशंकित भएका छन् । सूत्रका अनुसार कोरोना पोजेटिभ भएर होम आइसोलेसनमा बसेका कार्कीले संक्रमण मुक्त भएर कार्य प्रारम्भ गर्नासाथ खड्काको सरुवागर्ने बताएका छन्।

-न्यू सृष्टि दैनिकबाट साभार

तस्विर खड्काको फेसबुकबाट