धरान/ सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मोरङ्गका एकजना कोरोना संक्रमित ब्यक्तिको ज्यान गएको छ। मोरङको धनपालथान गाउँपालिका ६ का ४० बर्षीय पुरुषको ज्यान गएको हो।

प्रतिष्ठानमा उपचार गराईरहेका ४० बर्षीय पुरुषको उपचारको क्रममा आईतबार राती ८ बजेर ४५ मिनेटमा ज्यान गएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिनुभएको छ।

भदौ २६ गते बीपीकै ल्याबबाट संक्रमण पुष्टि भएपछि सोहि दिन राती साढे १० बजे उनलाई बिपि प्रतिष्ठानमा नै रहेको कोभिड १९अस्पतालमा सारिएको थियो। मृतकलाई कुनैपनि दीर्घ रोग नभएको प्रतिष्ठानले जनाएको छ।