इटहरी/ बालिका बलात्कारको आरोपमा भोजपुर घर भई इटहीमा डेरा गरी बस्ने प्रतिक राई पक्राउ परेका छन्। राईलाई इटहरी प्रहरीले शनिबार पक्राउ गरेको हो।

भोजपुरको दोभान गाउँपालिका ३ घर भई हाल इटहरी ५ मा डेरा गरी बस्ने २१ बर्षीय राईले भदौ २३ गते बिहान ८बजे तिर आफ्नै डेरामा बालिकालाई बलात्कार गरेको भन्ने सुचनाका आधारमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

राईलाई कोठामा नै रहेको अवस्थामा फेला पारी पक्राउ गरी प्रारम्भिक अनुसन्धान पश्चात आईतबार जिल्ला अदालत सुनसरीबाट जवरजस्ती करणी मुद्दा शिर्षकमा म्याद थप गरी आवश्यक थप अनुसन्धान गरिरहेको इप्रका इटहरीका सुचना अधिकृत प्रहरी निरिक्षक मानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो।