बिराटनगर/ कोरोना भाईरसबाट संक्रमण भएका मोरङ्गका दुईजना बृद्वको उपचारका क्रममा निधन भएको छ। मोरङ्गको ग्रामथान २ का एकजना र बिराटनगर ८ का एक बृद्वको उपचारका क्रममा ज्यान गएको हो।

भदौ २२ गते बिराटनगर महानगरपालिका ८ बस्ने ६९बर्षीय बृद्वलाई कोरोना पोजेटिभ देखिएपछि बिराटनगरकै कोभिड १९ उपचार केन्द्र बिराटनगरमा उपचार गराईरहेकोमा शनिबार दिउसो साढे बजे ज्यान गएको मोरङ्ग प्रहरीले जनाएको छ।

यस्तै कोरोना भाईरसबाट संक्रमण भएका मोरङको ग्रामथान गाउँपालिका २ का ७०बर्षीय बृद्वको कोभिड १९ उपचार केन्द्र बिराटनगरमा उपचार गराईरहेकोमा शुक्रबार साँझ साढे ५ बजे ज्यान गएको जिल्ला प्रहररी कार्यालय मोरङ्गले जनाएको छ।