इटहरी/ इटहरी उपमहानगरले इटहरी अस्पताललाई दुईवटा एम्वुलेन्स हस्तान्तरण गरेको छ। मंगलबार इटहरी उपमहानगरपालिकाले एम्बुलेन्सको चावी हस्तान्तरण गरेको हो।

इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले इटहरी अस्पताल सञ्चालक समिति अध्यक्ष भूपेन्द्र बराललाई र उपमेयर लक्ष्मी गौतमले इटहरी अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा मनिश शर्मालाई एम्बुलेन्सका चावी हस्तान्तरण गर्नुभयो। meyar

यि एम्वुलेन्सको प्रयोगबाट अहिलेको बिषम परिस्थितिमा इटहरीको स्वास्थ्य सेवालाई सहज बनाउन सहयोग पुग्ने प्रमुख द्धारिकलाल चौधरीले अपेक्षा गर्नुभयो। me

कोभिड संक्रमित बिरामीलाई आइसोलेसन सम्म पुर्‍याउन तथा अस्पताल लान एम्बुलेन्स प्रयोग गरिने प्रमुख चौधरीले बताउनुभयो। आवश्यक प्रक्रिया पूरा गरेर एम्वुलेन्स चाँडै प्रयोगमा ल्याइने अस्पताल सञ्चालक समितिका अध्यक्ष भूपेन्द्र बरालले बताउनुभयो।