सोलु / सोलुखुम्बु दुधकुण्ड–८ चागेस्थानमा रहेको चागेस्थान मन्दिरबाट मुर्ती चोरी गर्ने रमेश मगर पक्राउ परेका छन्। प्रहरीले स्थानीय ३५ बर्षीय मगरलाई गएराती पक्राउ गरेको हो।

हिजो दिउसो साढे १२ बजे मन्दिरबाट दुईवटा सिंहको मुर्ती हराएपछी मन्दिरको सञ्चालक समितिले खोजी गरेको र फेला नपरेपछी राती पौने ११ बजे जिल्ला प्रहरी कार्यालय सोलुमा जानकारी गराएका थिए।

घटनाको जानकारी पाउनसाथ खोजतलासमा खटिएको प्रहरी टोलीले मगरलाई छिमेकी जिल्ला ओखलढुंगाको सिद्धिचरण ११मा रहेको एक होटलबाट चोरी गरी लगेको मुर्तीसहित मगरलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उपर कानुनी कारबाही तथा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सोलुले जनाएको छ।